एजेन्सी– कोरोना भाइरसका कारण फ्रान्समा पनि एक जनाको मृत्यु भएको छ। फ्रान्सको स्वास्थ्य निकायका प्रमुख जेरोमी सालोमनले पेरिसका ६० वर्षीय एक व्यक्तिको मृत्यु भएको जनाएका हुन्।
ती व्यक्तिको पिटि साल्पेट्रिरी अस्पतालमा मृत्यु भएको हो। यसका अतिरिक्त अन्य २ जनामा पनि कोरोना भाइरस लागेको पुष्टि भएको छ। तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
यसैबीच, दक्षिण कोरियामा कार्यरत एक अमेरिकी सैनिकमा पनि कोरोनाको संक्रमण देखिएको छ। उनलाई प्येङतेक सैनिक बेसनजिकै आइसोलेसनमा राखिएको छ। इटलीमा ३२२ जनामा संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ। इरानमा ९० जनामा संक्रमण देखिएकोमा १५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।