एजेन्सी- भारतको उत्तर पूर्वी दिल्लीमा जारी हिंसाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमले अहिलेसम्म २० जनाको मृत्यु भएको र १८९ जना घाइते भएको जानकारी दिएका छन्। उनले अस्पतालमा आउने घाइतेहरुमध्ये कुनैको टाउँकोमा चोट लागेको, कुनैलाई गोली लागेको र कुनैलाई चक्कु प्रहार गरेको आफूले देखेको बताए। तीन दिनदेखि दिल्लीको उत्तर पूर्वी इलाकामा नागरिकता कानुनविरुद्ध भएकाे आन्दाेलनमा हिंसा भड्किएकाे हाे।


















तस्बिर स्रोतः भारतीय अनलाइन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।