काठमाडौं- सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्धारण गरेको ३७ बुँदे कार्ययोजनाको प्रगतिका विषयमा छलफल भएको छ।
यसअघि नै बनिसकेको सो कार्ययोजनामा हालका चुनौती र भएका प्रगतिबारे भएको सो छलफलमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी थिए।
बैठकमा सक्रिय सहभागिता जनाएका गृहमन्त्री थापाले हालसम्म भएका काम सन्तोषजनक रहेको बताएका थिए। कार्ययोजनाका बाँकी काम समयमै सम्पन्न गर्न समेत उनले निर्देशन दिएका थिए।
उपत्यकाको ट्राफिक जाम घटाउन र सडक दुर्घटना कम गर्न सबै निकायको संयुक्त प्रयास आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ थियो।
छलफलमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय, शिक्षालगायतका मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
विभिन्न सरकारी निकायका प्रतिनिधिहरूले आफ्नो मातहतका निकायले गरेका कामकारबाही को विवरण पेस गरेका थिए।
यी हुन् ३७ बुँदे कार्ययोजना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।