एजेन्सी- नोभेल कोरोना भाइरस निमोनिया (कोभिड-१९) दक्षिण कोरियालगायतका देशमा अप्रत्याशित रुपमा फैलिरहेको छ।
अहिलेसम्म कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्या एकै हप्तामा दर्जनबाट बढेर ९ सयभन्दा बढी पुगेको छ। यसैगरी कोरिया‚ चीनभन्दा बाहिरका देशमध्ये सबैभन्दा बढी कोरोना फैलने देश बनेको छ।
पछिल्लो समय इटलीमा २ सय १९ जना यस भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको छ। यसैगरी इरानमा पनि सो भाइरसका कारण १२ जनाको मृत्यु भइसकेको छ।
दक्षिण कोरियाको थेगु र नर्थ गेङसाङ प्रान्तमा सबैभन्दा बढी भाइरस फैलिएको छ। कोरियाली सरकारी निकायले भने उक्त महामारीलाई जहाँको त्यहीँ रोक्न भरमग्दुर प्रयत्न गरिरहेको छ।
दक्षिण कोरिया ५ करोड १० लाख जनसंख्या भएको र १ लाख वर्ग किलोमिटर क्षेत्र ओगटेको देश हो। चीनले कोरोना नियन्त्रणको लागि गरेको संघर्षबाट कोरियाले पनि संक्रमितहरूलाई असंक्रमितबाट टाढा राख्नुपर्ने रहेछ भन्ने विषयमा सूसुचित भने भएको छ।
दक्षिण कोरियामा विकसित ट्राफिक प्रणाली छ। थेगुबाट कोरियाको राजधानी सिओल आउनका लागि ३ घण्टाको समय लाग्नेगर्छ।
सिन्चेओन्जी चर्च अफ जिसस (जहाँबाट कोरियामा कोरोनाको संक्रमण फैलिएको थियो) गएकाहरू गत शनिबार सरकारको विरोधमा प्रदर्शन गर्नका लागि सिओलमा उपस्थित भएका थिए।
अझै पनि कोरियाली सरकारले थेगु प्रवेशमा भने रोक लगाएको छैन। संक्रमणलाई ध्यानमा राख्दै कोरियाली सरकारले सबैखाले सामुहिक क्रियाकलापमा प्रतिबन्ध लगाएको छ।
कोरियामा लामो दूरीका यातायातहरू भने अझै पनि चलिरहेका छन्। सिओल‚ बुसानका सब-वेमा अझैपनि यात्रुहरूको चाप बढिरहनु चिन्ताको विषय बनिरहेको छ।
दक्षिण कोरिया र संक्रमण भएका अन्य देशहरूले पनि यसलाई हेल्चेक्र्याईं नगरी उचित कदम उठाउनु जरुरी हुन्छ। यदि संक्रमण अझ द्रूत गतिमा फैलिरह्यो भने यसले पुरै समाजमात्र नभई विश्वलाई नै असर गर्छ।
यस्तो समयमा सरकारी निकायले यसलाई नियन्त्रण गर्नका लागि उचित कदम चाल्नु आवश्यक हुन्छ। कोरोना अरु भाइरसको तुलनामा छिट्टै फैलिने भएकाले अहिलेको स्थितिलाई आधार मानेर नियन्त्रण गर्नु खतरनाक हुन पनि सक्ने विज्ञहरू बताउँछन्।
दक्षिण कोरियाजस्ता देशहरूमा यो भाइरस फैलिरहेको छ। र स्थानीय निकायहरूले यसको बारेमा चाहिएजति चासो देखाएका छैनन्।
चीन‚ दक्षिण कोरियाजस्ता देशहरूले यसको नियन्त्रण र रोकथामका लागि आपतकालीन सेवाहरू पनि प्रदान गरिरहेका छन्।
इटालीले उत्तरतर्फ पर्ने सबैभन्दा बढी संक्रमित क्षेत्रमा सवारी आवातजावतमा बन्देज लगाएको छ।
वुहानको जस्तो गल्ती नदोहोरियोस् भनेर विभिन्न देशहरूले उचित व्यवस्थापनको तयारी गरिरहेका छन्। यदि इटालीले यस विषयमा उचित कदम चाल्न सकेन भने यसको संक्रमण पुरै युरोपभरि नै फैलन सक्ने प्रवल सम्भावना हुन्छ।
सन् २००२ मा देखिएको सार्स भाइरस पनि मार्च र अप्रिलमा यसैगरी नै युरोपमा फैलिएको थियो। यसको मतलब‚ अब यसबाट युरोप पनि उच्च जोखिममा रहेको अनुमान लगाउन सकिन्छ। आशा गरौं‚ यस्तो हुने छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।