काठमाडौं- राष्ट्रिय सभा सदस्यहरूको शपथ कार्यक्रम आगामी फागुन २१ गते हुने भएको छ।
गत माघ ९ गते सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराउने संघीय संसद सचिवालयले जानकारी दिएको छ।
उक्त कार्यक्रममा १ घण्टाअगाडि नै राष्ट्रिय पोशाक अथवा आफ्नो पहिचान झल्कने औपचारिक पोशाक लगाएर उपस्थित हुन पनि सचिवालयले अनुरोध गरेको छ।
यदि निर्वाचित सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा उक्त मातृभाषामा अनुवाद गरिएको शपथको एक प्रति तीन दिनअगाडि नै सचिवालयमा बुझाउनुपर्ने भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।