काठमाडौं- एमसीसी सम्झौता जलाउन लागेका ३ विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार दिउँसो राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) अगाडिबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ३ जना छन्।
क्रान्तिकारीका केन्द्रीय सदस्य सुलभ वैद्य र पोखरा विश्वविद्यालयका संयोजक एवम् अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जगत शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
एमसीसी सम्झौता खारेज गर्न माग गर्दै निकालिएको शान्ति र्यालीपछि कोणसभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोणसभा गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।