काठमाडौं– संघीय समाजवादी दलकी सांसद सरीता गिरीले नेकपाको राजनीतिक दस्तावेजमा कमिसनतन्त्र बुझाउने च्याप्टर राख्न सुझाव दिएकी छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भ्रष्टाचारको परिभाषा बदल्ने तयारीमा कम्युनिस्ट पार्टी पुगेको टिप्पणी गरिन्।
‘नेकपाका जसले गरेपनि त्यो शोषित र सर्वहारकाको नाममा हुने,’ उनले भनिन् ‘तर अन्यले गरेमात्र भ्रष्टाचार हुने हो।’
उनले तर नेकपाका मेयर देखिमन्त्री र प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइन्।
‘कमिसनवाद नेकपाको समाजवाद भएको हो? यदि हो भने राजनीतिक दस्तावेजमा एक च्याप्टर लेखोस्,’ उनले भनिन्, ‘सामान्तवाद, दलाल पुँजीवाद समाप्त गरेको भन्दै आएको नेकपाले अब घुसलाई वैधानिकका दिन जरुरी छ।’
गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सम्पूर्ण प्रमाण नष्ट गर्ने प्रयास भएकोले उनीमाथि छानबन हुनुपर्ने माग उनले गरे।
‘अख्तियारले गोकुल बाँस्कोटाको घरमा किन छापा मार्दैन?’ उनले प्रश्न गर्दै भनिन्, ‘अन्यको हकमा अनुसन्धान गर्ने अख्तियारले उनलाई पनि अनुसन्धान गर्नुपर्दछ।’
नेपाल टेलिकमकी प्रमुख कामिनीराज भण्डारीलाई नेकपा सरकारले हटाउनुको कारण अहिले रहस्य खुलेको भन्दै उनले नेकपाले यतिदेखि हुवावेसम्मलाई बोकेर भ्रष्टाचार गरिरहेको आरोप लगाइन्।
यसरी भइरहेको भ्रष्टाचारमा प्रधानमन्त्रीको जिम्मा लिर्दै सदनमा जवाफ दिनुपर्ने माग उनले गरिन्।
‘११ अर्बमा आउने सेक्युरिटी प्रेस ३८ अर्व कसरी पुर्याइयो?’ उनको प्रश्न थियो।
‘यही प्रेस खरिद फ्रेन्चलाई किन दिन पर्यो भने त्यहाँ यति होल्डिङ्गसको एजेन्ट थियो,’ उनले भनेकी थिइन्।
स्थानीय पूर्वाधार कार्यक्रममा निरन्तर रुपमा भ्रष्टाचार भइरहेको भन्दै उनले त्यसलाई रोक्न माग गरिन्।
सांसदको नाममा दिइएको रकमले भ्रष्टाचार सिकाइरहेको भन्दै उनले यसले जनतासम्म कमिसनतन्त्र सिकाइरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।