काठमाडौं– कालिकोटमा जीप खस्दा चालक बेपत्ता भएका छन्। कालिकोटको जीतेगडामा जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
जीतेगडाबाट रास्कोट फर्कने क्रममा ब्याक गर्दा जीप कर्णाली नदीमा खसेको हो।
बेपत्ता हुने चालक दैलेखको गुराँस गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।