काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्टको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्दैछन्।
दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर मन्त्री पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौता प्रकरणसहित नेपाल ट्रष्टको देशभर रहेको सम्पत्तिबारे सम्पूर्ण जानकारी दिने भएका हुन्।
पोखरेल ट्रष्टका अध्यक्ष पनि हुन्।
प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यती होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रष्टबारे प्रश्न उठिरहेको छ।
मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै रुपमा समावेश गरिएको छ।
सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्षरअप्रत्यक्ष आम्दानी हुने दाबी गरिरहेको छ।
त्यस्तै मातातीर्थ र थानकोटको मोहीको जग्गा व्यक्तिको नाममा पुर्यायइएको विषयमा समेत श्वेतपत्रमा उल्लेख गरिने बताइएको छ।
मन्त्रिपरिषद् बैठकले यस विषयमा श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।