काठमाडौं– नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डर नियुक्त भएका छन्।
हमाललाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार फोर्स कमाण्डरमा नियुक्त गरेका हुन्।
राष्ट्रसंघका लागि न्युयाेर्कस्थित नेपाली स्थायी नियोगका अनुसार हमालले मध्यपूर्वको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन्। यसअघि नेपाली सेनाकै सेनाकै उपरथी शिवराम खरेल युनाइटेड नेसन डिसेन्गेजमेन्ट अब्जर्भर फोर्स (यूएनडिओएफ)का कार्यवाहक प्रमुख थिए।
गोलानहाइट क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका शान्ति सैनिकहरु कार्यरत छन्। उपरथी हमाल हाल नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेजमा शिक्षाधिकृत तथा नेपाली सेनाले सञ्चालन गर्ने तयारी गरेको ‘नेसनल डिफेन्स युनिभर्सिटी’ प्रमुखको रूपमा कार्यरत छन्।
अमेरिकाबाट नेशनल डिफेन्स कोर्स गरेका हमाल राष्ट्रसंघीय शान्ति मिसनमा उच्च तहमा जिम्मेवारी पाउंने छैटौं सैनिक अधिकारी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।