एजेन्सी– नागरिकता संशोधन कानुनको विरोधमा उत्तरपूर्वी दिल्लीमा भएको हिंसामा ५ जनाको मृत्यु भएको छ । जाफरावाद र मौजपुर क्षेत्रमा कानुनका समर्थक र विरोधी भएको झडपमा हिंसात्मक भएको हो। मृत्यु हुनेमा प्रहरीका हेड कन्स्टेबल रतन लालसमेत छन्।
दिल्ली प्रहरीका अनुसार १० प्रहरी घाइते भएका छन्। प्रदर्शनकारीहरुले कैयौं स्थानमा गाडीमा आगो लगाएका छन् । भजनपुरामा पेट्रोल पम्पमा आगो लगाइएको छ। कतिपय स्थानमा पेस्तोलले समेत फाइरिङ गरेका थिए। हिंसापछि गृहमन्त्री अमित शाहले आपतकालीन बैठक बोलाएका थिए।
यस्तै प्रदर्शनकारीहरुले कैयौं निजी आवास, व्यापारिक प्रतिष्ठानहरुमा समेत आगो लगाएका थिए। हिंसा मुसलमानबहुल क्षेत्रमा भएको हो। हिंसाका कारण दिल्ली मेट्रोले जाफरावाद, मौजपुर बाबरपुर, गोकुलपुरी, जोहरी एन्कलेभ र शिव बिहार क्षेत्रमा स्टेशन बन्द गराएको थियो।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि शान्ति सुरक्षा कायम राख्न आव्हान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।