एजेन्सी- पछिल्लो समय दक्षिण कोरियामा कोरोना भाइरसको महामारी तीब्र गतिमा बढिरहेको छ। सोमबार बस र सब-वेहरू असामान्य रुपमा शान्त देखिएका छन्। सामाजिक सञ्जालभरि ‘वर्क फ्रम होम’ भन्ने ह्यासट्याग ट्रेन्डमा छाएका छन्।
अहिलेसम्म कोभिड-१९ नाम दिइएको उक्त भाइरसबाट कोरियामा ७ जनाको मृत्यु भइसकेको छ भने ८ सय ३३ जना संक्रमित भएका छन्। सोमबारमात्रै २ सय ३१ जनामा सो भाइरसको संक्रमण देखिएको छ। कोरोनाबाट संक्रमित १८ जना पूर्ण रुपमा स्वास्थ्य लाभ गरी घर फर्किएका सरकारी अधिकारीले जानकारी दिए।
५ करोडभन्दा ज्यादा जनसंख्या भएको कोरिया चीनपछिको दोस्रो देश बनेको छ‚ जहाँ कोरोनाबाट संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।
सोमबार साँझ कोरियास्थित ‘कोरियाज् सेन्टर फर् डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सन’का प्रमुख जुङ् यून-क्योङले सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह दिएका छन्।
कोरियास्थित थेगुमा तयारी अवस्थामा राखिएका एम्बुलेन्स
यस्तै यसैगरी संक्रमण फैलँदै जाने हो भने एकदिन महामारीको रुप लिन सक्ने विज्ञहरू बताउँछन्।
कोरियाली सरकारले कोरोना नियन्त्रण गर्नका लागि सडकहरुमा विभिन्न केमिकलहरू छर्किरहेको छ। कोरियामा कोरोनाको संक्रमण सिन्चेओज्ची नामक चर्चबाट फैलन सुरु गरेको थियो। कोरोना संक्रमित भएका बिरामीहरुमध्ये आधाभन्दा बढी
संक्रमितहरू चर्चको प्रार्थनामा सहभागी भएको जनाइएको छ।
बुसान प्रेसबाइटेरियन विश्वविद्यालयका थियोलोजी प्रोफेसर जि-इल टार्कले भने‚ ‘सो दिन चर्चमा गएकाहरूले पनि कोरोना लागेर परिवारसँग छुट्टिनुपर्ला भन्ने डरले परिवारलाई आफू चर्च गएको कुरा थाहा दिएका छैनन्।
त्यसैले कोरियाली सरकारले चाहेर पनि चर्चमा सामेल भएका सबै मानिसहरूलाई सम्पर्क गर्न सकिरहेको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।