काठमाडौं- कलङ्कीमा ब्रेक फेल भएको ट्रकले ११ सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्ला टाँडी घर भई गोङ्गबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङ् रहेको कालिमाटी वृत्तका डिएसपी रुगप कुँवरले जानकारी दिए। यसैगरी दुर्घटनामा परी ८ जना घाइते भएका छन्।
सोमबार साँझ ढुङ्गेअड्डाको ओरालोमा ब्रेक फेल भएको ना ६ ख २८७१ नम्बरको ट्रक अनियन्त्रित भई विभिन्न सवारी साधनलाई ठक्कर दिँदा सो दुर्घटना भएको कालिमाटी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिए।
उक्त ट्रकले स्कुटर‚ ट्याक्सी‚ कारलगायतका सवारी साधनलाई ठक्कर दिएको थियो। घाइतेहरूमध्ये १ को ट्रमा सेन्टर र बाँकी ७ जनाको शहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको छ।
सर्लाही बर्हथवाका ट्रक चाल विरेन्द्र कुमार शाहलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको कुँवरले बताए।
दुर्घटनामा पर्ने सवारी साधनहरु:
- बा १३ च १२८४ नम्बरको गाडी
- बा १५ च ४५४३ नम्बरको स्कोर्पियो
- बा २ झ ३२१६ नम्बरको सरकारी गाडी
- बा १ झ ८१४१ नम्बरको ट्याक्सी
- बा ३ ख २८२ नम्बरको मिनी बस
- बा ८४ प १८१० नम्बरको स्कुटर
- बा७७ प ८०२१ नम्बरको मोटरसाइकल
- बा ७३ प ८७७३ नम्बरको मोटरसाइकल
- बा ६१ प २०२८ नम्बरको मोटरसाइकल
- लु १ ख ९९९८ नम्बरको ट्रक
- बा ११ च १०६६ नम्बरको कार
- बा ९३ प ९५५८ नम्बरको मोटरसाइकल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।