काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन नेकपाले थालेको संविधान संशोधन प्रयासको विरोध, अमुक व्यक्तिका लागि संविधान नै संशोधन गर्ने विषय उपयुक्त नहुने संविधानविद्को तर्क ।
२) रोजगारीको ग्यारेन्टीसहित सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्री पोखरेलको निर्देशन, २५ वर्षपछि आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने भएकाले सिएमए र अनमी उत्पादनमात्र गर्न नसकिने तर्क ।
३) सरकारले अघि सारेको वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको खोजी प्रतिवेदनमा मात्रै सीमित, १८ सम्भावित गन्तव्य मुलुकसँग भएन कूटनीतिक पहल ।
४) एभरेस्ट प्रिमियर लिग टी ट्वान्टी प्रतियोगितामा ललितपुरले ल्यायो तीन पाकिस्तानी खेलाडी, अलराउण्डर हम्माद आजम, हसन खान र बलर मिर हाज्मा अनुबन्धित ।
५) र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको दुई दिने भ्रमणमा, बिआरआईको काउन्टरमा ‘ब्लु डट नेटवर्क’ अघि बढाउन ट्रम्प र मोदीबीच छलफल हुने ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।