काठमाडौं- नेपाल पत्रकार महासंघले ब्लड क्यान्सरबाट पीडित नेपाल पत्रकार महासंघ मोरङ शाखाका सदस्य कमल पौडेलको उपचारमा सहयोग जुटाउन आर्थिक संकलन अभियान सुरु गरेको छ।
विराटनगरबाट प्रसारित मकालु टेलिभिजनमा समाचार प्रमुखका रुपमा कार्यरत पौडेलको उपचार काठमाडौंस्थित सिभिल अस्पलातमा भइरहेको छ।
उनको उपचारमा ३० लाख बढी खर्च लाग्ने अस्पतालले जनाएको छ। निजी स्रोतबाट उपचार सम्भव नभएपछि महासंघको १ नम्बर प्रदेश समिति र महासंघको मोरङ शाखाले पत्रकार पौडेलको उपचारका लागि संयुक्तरुपमा आर्थिक अभियान सुरु गरेको हो।
नेपाल समाचारपत्र दैनिकमा लामो समय काम गरेका पत्रकार पौडेलको उपचारमा सहयोग गर्न महासंघले सबै शाखा सदस्यहरु तथा सहृदयी महानुभावहरुमा अपिल गरेको छ।
महासंघका अनुसार उपचारमा सहयोग गर्न चाहने शाखा र व्यक्तिले महासंघको प्रदेश समिति र मोरङ शाखाले पत्रकार पौडेलको उपचारका लागि सहयोग संकलन गर्न खोलेको विराटनगरिस्थत ट्राफिक चोकको प्राइम बैंकमा रहेको ०३४०१७२१ नम्बरको खातामा सहयोग जम्मा गरिदिनुहुन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।