काठमाडौं– दुई दिने औपचारिक भ्रमणका लागि भारत आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरात पुगेका छन्।
सोमबार भारत आइपुगेका ट्रम्पलाई प्रधानमन्त्री मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
.jpg)
विमानस्थलबाट सिधैं गान्धी आश्रम ‘साबरमती आश्रम’मा गएर ट्रम्प दम्पतीले चर्खा घुमाएका छन्।
सन् १०१८ देखि १९३० सम्म महात्मा गान्धी र उनकी श्रीमती साबरमती आश्रममा बसेका थिए। गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण पनि गरेका थिए।
आश्रममा केहीबेर समय बिताएपछि ट्रम्प मोटेरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रस्थान गरेका छन्। जहाँ उनलाई हजारौं भारतीय नागरिकले स्वागत गर्ने छन्।
.jpg)
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।