एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतकाे दुई दिने भ्रमणका क्रममा अहमदाबाद आइपुगेका छन्। उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सवागत गरेका छन्।
ट्रम्पसँग उनकी श्रीमती मेलानिया ट्रम्प, छोरी इवान्का ट्रम्प र ज्वाईं जेरेड कुसनर पनि छन्। साथै बाह्र सदस्य प्रतिनिधिमण्डल पनि ट्रम्पकाे भ्रमणमा सहभागी छ। ट्रम्पले मोदीसँगै रोड शो गर्नेछन्।
ट्रम्पले मोटेरा स्टेडियममा 'नमस्ते ट्रम्प' कार्यक्रममा भाग लिनेछन्। उनकाे याे पहिलो भारत भ्रमण हाे।
अहमदाबादबाट ट्रम्प उत्तर प्रदेशको आग्रा जानेछन् र ताजमहल अवलाेकन गर्ने छन्। उनी सोमबार साँझ ढिलो दिल्ली पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।