• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक ओलम्पियनको सपना

एम्बुसमा खोसिएका आँखा, मेहनतले बनाएको दृष्टि
64x64
ऋग्वेद शर्मा सोमबार, फागुन १२, २०७६  १०:०९
1140x725

काठमाडौं- अन योर मार्क, गेट सेट, गो... आवाज कानमा पर्‍यो। विक्रम बहादुर राना बेतोडले कुदे। हातमा थियो एउटा पाइपको टुक्रो। जुन पाइप डोरीमा अल्झाइएको थियो। दौडँदै गर्दा हातको पाइप छुट्यो, त्यसले अन्धमुष्टि भयो पुग्नुपर्ने गन्तव्य। 

भुँइमा खसेको पाइपको टुक्रो भेटिन्छ कि भनेर छामछाम छुमछुम गरे। भेटिएन। 

‘कता हो कता?’, विक्रमले आवाज दिए। 

‘यता दौड यता’, कसैले भनिदियो।

‘यता दौड’ भनेको त्यही स्वर आएतर्फ विक्रम उस्तै बेतोडले दौडिए। ओलम्पिक खेल्ने इच्छाले वर्षौंपछि दौडिएका विक्रमले सक्दो मेहनत गरिरहेका थिए। 

पारा ओलम्पिकका लागि १०० मिटर दौडमा उनको विधा ‘टी ११’ हो। जसमा पूर्णरुपमा दृश्य नदेख्ने दृष्टिविहीन पर्छन्। त्यसैले छनोटका लागि दशरथ रंगशालामा दुईतिर गोल पोस्टमा डोरी बाँधि त्यसमा पाइप अड्काएर दौडिने व्यवस्था मिलाइएको रहेछ।   

तर दौडँदै जाँदा उनको हातको पाइप डोरीको बीचमा रहेको गाँठोमा अल्झिएर फुस्किएको थियो। त्यसैले भएको एउटा साहारा पनि उनबाट टाढियो। तर पनि हार नमानी विक्रम उस्तै गतिमा दौडिएका थिए। 

दौडँदै गर्दा ‘भयो भयो’ को आवाजमा रोकिनुअघि नै छेवैमा बसेर फोटो खिचिरहेका व्यक्तिसँग उनी नराम्ररी ठोक्किए। दुवै लडे। 

Ncell 2
Ncell 2
nimb
nimb

कसैले भनिदियो- १६ सेकेण्ड लगायौ। 

त्यति सेकेण्ड लगाउनु ओलम्पिक खेल्नका लागि पर्याप्त छ/छैन विक्रमलाई थाहा थिएन। त्यहीँ उनले सुनेका थिए- छनोटमा तिमी पहिलो नम्बरमा छौ। 

तर भनेजस्तो भएन। २००८ मा चीनको बेइजिङमा भएको पारा ओलम्पिकमा विक्रम जान पाएनन्। ओलम्पिक जान नपाए पनि उनले गजवको विश्वास पाए- ‘म दौडन सक्छु।’

त्यही विश्वासले विक्रमले त्यसपछि तीन पारा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरे दौडमार्फत नै। एथ्लेटिक्स मात्रै होइन, विक्रम नेत्रहीन क्रिकेटका पनि उम्दा खेलाडी हुन्। नेपालमा नेत्रहीन क्रिकेटको सुरुवातदेखि लागिपरेका उनले दुई टी ट्वान्टी र एक एकदिवसीय विश्वकप खेलिसकेका छन्। 

टोखामा आफ्नो घरबाहिर विक्रम।

०००
२०६० भदौ २६ गते नुवाकोटको गुर्जेभञ्याङमा विक्रमसहितको आर्मीको एक टोली एम्बुसमा परेको थियो। सशस्त्र द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीले थापेको एम्बुसले उनको दुवै आँखा गुम्यो। सम्झँदा अहिले उनलाई लाग्छ- ‘धन्न सास त जोगियो नि!’ 

विक्रमका दुई साथीले घटनास्थलमै ज्यान गुमाएका थिए। त्यसैले आँखा गुमे पनि ज्यान जोगिएकोमा विक्रम अहिले खुसी हुन पाएका छन्। शरीरमा भएका चोटका निशानहरु अहिले पनि बेलाबखत छाम्दा उनलाई द्वन्द्वको त्यो घाउले नमीठो गरी झस्काउँछ।  

विक्रम अहिले पारा एथ्लेटिक्सको तयारीमा लागिरहेका छन्। नेत्रहीन क्रिकेट संघमा महासचिव पदमा रहेर पनि काम गरिरहेका छन्। ब्यारेकको जागिर पनि छँदैछ। अहिले सम्पूर्ण रुपमा खेलाडी बनेका विक्रमले दृष्टिविहीन भइसक्दासमेत समय यस्तो आउला भन्ने सोच्न सकेका थिएनन्। तर, विक्रमको खेलाडी स्वभाव बाल्यकालदेखिकै हो।  

३९ वर्षअघि सुदूरपश्चिम बैतडीको डिलासैनीमा जन्मिएका विक्रम सानामा फुर्तिलो स्वभावकै रहेको सम्झन्छन्। आफू पाँच वर्षको छँदा बुबाको माया गुमाएका विक्रम आमाको रेखदेखमा हुर्किए। हुर्किएसँगै जिम्मेवारी बढ्यो। जागिरे चिन्ताले पिरोल्यो। आफन्तको सल्लाहमा आर्मीमा जाने भए। 

आर्मीमा भर्ती हुने सोचमा काठमाडौं आएका विक्रमले सुरुका केही वर्ष भृकुटिमण्डपमा रमाइलो मेलामा काम गरे। नयाँ रहनसहनमा भिजिरहेका उनी २०५६ सालमा १९ वर्षको उमेरमा आर्मीमा गएका हुन्। सशस्त्र द्वन्द्वको समय आर्मीको जागिर जान सानो आँटले हुँदैन थियो। तर विक्रममा मनमा परिसकेको थियो- म आर्मी बन्ने हो। तब इटहरीमा भर्ना खुलेको थाहा पाएर उनी उतै गएर जागिर प्रवेश गरेका थिए। 

जागिरको चार वर्षपछि त एम्बुसमा परेर उनले आँखा गुमाइहाले। घाइते विक्रमको उपचारपछि पनि पीडा कम भएन। दृष्टिविहीन जिन्दगी कसरी अगाडि बढाउने उनले सोच्न सकेका थिएनन्। देखेका चित्रको विश्वासमा बढिरहेका उनले नदेखिने दृष्टिले हेर्न समय लाग्यो। नदेखिने दृश्यको देखिने चित्र मस्तिष्कमा बनाउन जानेपछि केही सहज भयो।

हिँडडुलदेखि ब्रेइल लिपि सिक्नेसम्मका काममा उनलाई नेपाल नेत्रहीन संघले सहयोग गरेको हो। २०६३ सालतिरको त्यो समय उनी बाँसबारीमा बस्थे। महाराजगञ्जको बाटो ओहोरदोहोर गर्दा साथीले नेत्रहीन संघबारे बुझाइदिएको थियो। जहाँ पुगेपछि नै उनले जिन्दगी जिउनुको काइदा भेटेका थिए। 

ब्रेइल लिपिदेखि सहज रुपमा आवतजावत कसरी गर्न सकिन्छ भन्ने सिकिरहँदा दृष्टिविहीनलाई क्रिकेट सिकाउन पाकिस्तानबाट प्रशिक्षक आउँदै छन् भन्ने विक्रमले थाहा पाएका थिए। नेपाल नेत्रहीन संघमा त्यो समय अध्यक्ष रहेका नरबहादुर लिम्बु पाकिस्तान गएर दृष्टिविहीनले क्रिकेट खेल्न सक्छन् भन्ने बुझेका थिए। उनैको इच्छा थियो- नेपालमा पनि नेत्रहीन क्रिकेट सुरु गर्ने। 

०००
गति मोडिदिएको जिन्दगीलाई मोडिदिउँ भन्ने चाहनामा थिए विक्रम। तर गर्ने के? यकिन थिएन। जब क्रिकेटबारे सुने- उनको मन खुसीले उफ्रिएको थियो। सपनाको उडान भर्ने योजनाले गदगद भएका थिए। 

तर आँखाको ज्योति पूरा गुमेकाले पनि क्रिकेट खेल्न मिल्ने हो कि होइन भन्ने चाहिँ उनलाई थाहा थिएन। भनिदिने मान्छे पनि थिएन।

केही समयमै पाकिस्तानबाट दुई प्रशिक्षक आएपछि त विक्रमले धेरै कुरा सिके। आफूले क्रिकेट खेल्न मिल्छ भन्ने थाहा पाए। भृकुटिमण्डपको चौरमा नै उनीहरुको प्रशिक्षण चल्यो। २०६३ चैतमा त भक्तपुर, कीर्तिपुर, ललितपुरबाट तीन टिम बनाएर पुल्चोक मैदानमा पहिलो नेत्रहीन क्रिकेट प्रतियोगित नै भयो। त्यसपछि पनि कठीन यात्रा गरेर खेलाडीहरु भृकुटिमण्डप पुग्ने र खेल्ने क्रम चलिरह्यो। प्राय त कालो चिया बाजी। 

पाकिस्तान जाँदाको नेत्रहीन राष्ट्रिय क्रिकेट टिम। बायाँबाट उभिनेमा तेस्रो विक्रम। तस्बिर- निरोज गिरी

२०६३ देखि ०६६ सालसम्म नेत्रहीन क्रिकेटमा बी वान क्याटागोरीबाट विक्रम वर्ष उत्कृष्ट खेलाडी पनि बने। 

[नेत्रहीन क्रिकेटमा खेलाडीलाई बी वान, बी टु र बी थ्री गरी विभाजन गरिएको हुन्छ। बी वान मा पूर्ण दृष्टिविहीन खेलाडी पर्छन् भने आंशिक दृष्टि भएका खेलाडीलाई कतिसम्म देख्न सक्ने भन्ने आधारमा बी टु र बी थ्री मा विभाजन गरिएको हुन्छ। एउटा टिममा बी वानका चार जना, बी टु का तीन जना र बी थ्री का चार जना खेलाडी राखेर टिम विभाजन गरिएका हुन्छ। ब्याटिङ गर्दा बी वान मा पर्ने खेलाडीका लागि रनर राख्न सकिन्छ भने अरुका लागि सकिँदैन। रन हान्दा पनि बी वान का खेलाडीले हाने भने रन दोब्बर हुने गर्दछ। जस्तो चौका हान्दा आठ रन दिइन्छ भने छक्का हान्दा १२ रन दिइन्छ। बलिङमा टी ट्वान्टीमा ६ ओभर बी वान का खेलाडीले गर्नै पर्ने नियम हुन्छ भने एकदिवसीयमा बी वान का खेलाडीले २० ओभर बलिङ गर्नुपर्ने हुन्छ।]

नेत्रहीन क्रिकेट खेल्न थालेको १३ वर्षमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता ठूलो छ। सहभागीताका आधारमा तुलना गर्दा अन्य कुनै पनि खेलमा भन्दा बढी। हरेक पटक विक्रम टिममा जोडिएका छन्। महत्वपूर्ण खेलाडी सावित भएका छन्।  

सन् २००८ मा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगिता थालेको नेपालले तीनवटा त विश्वकप नै खेलिसकेको छ। २०१२ मा पहिलोपटक टी ट्वान्टी विश्वकप खेलेको नेपालले २०१७ मा पनि टी ट्वान्टी र २०१८ मा एकदिवसीय विश्वकप खेल्यो।  

सन् २०१६ मा भारतमा भएको एसिया कपमा पनि नेत्रहीन क्रिकेट खेलाडीका लागि अर्को अवसर बनेको थियो। त्यसअघि २०१४ मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि छानिएको नेपाली टिम आर्थिक अभावका कारण जान सकेको थिएन। नेत्रहीन क्रिकेटका लागि आर्थिक समस्या सुरुको दिनदेखिकै हो। 

त्यस्तै आर्थिक अभावले सन् २०१८ मा एकदिवसीय विश्वकप खेल्न पाकिस्तान जाँदाको कष्टपूर्ण यात्रा विक्रमले मात्रै होइन कोही खेलाडीले पनि भुलेका छैनन्। भन्छन्- ‘हामी विदेशमा खेल्न जाँदाको दुःखका कहानीहरु त धेरै छन्। मुख्य दुःख त बाटोको यात्रामा नै भए। बस र रेलको यात्रा गरेर खेल्न जानु सहज कहिल्यै भएन।’ 

अन्तर्राष्ट्रियस्तरमा नेपालको जर्सी लगाएर जब विक्रम मैदानमा हुन्छन् तब भने पीडालाई उत्साहले जित्छ। यात्राको थकान फिका बनिदिन्छ। केही गरौँ भन्ने भावना प्रबल बन्छ। 

‘अन्तर्राष्ट्रिय खेल खेल्दा निकै नै खुसी लाग्छ। नेपालको प्रतिनिधित्व गरेको खेलेको पहिलो प्रतियोगितामा नै एकदिवसीयमा र ट्वान्टी ट्वान्टीमा पनि म्यान अफ दि म्याच भएको थिएँ। पहिलो एकदिवसीयमा १ सय २६ रन हानेर शतक पनि बनाएको थिएँ’ भन्दै गर्दा विक्रमको अनुहार थप उज्यालियो। 

‘आर्थिक रुपले त हामी सधैँ समस्यामा नै छौँ। राष्ट्रिय खेलकुद परिषदले नेपाल पारा ओलम्पिक कमिटीमार्फत दिने वार्षिक ७ लाख रुपैयाँले महिला पुरुष दुवैको प्रतियोगिता नियमति गर्न पनि सकेका छैनौँ। आर्थिक रुपमा अलि सजिलो हुने भए प्रतियोगिता नियमित हुने थियो भन्ने लाग्छ। तर पनि संघर्ष गरिरहेका छौँ’ नेत्रहीन क्रिकेट संघमा महासचिवसमेत रहेका विक्रमले भने। 

०००
विक्रमको क्रिकेटमा जस्तै उज्यालो पाटो एथ्लेटिक्समा पनि छ। २००८ को बेइजिङ पारा ओलम्पिकको छनोटमा परेर पनि जान नपाएका उनले त्यसपछि तीन ओलम्पिक भने खेले। आर्मीमा स्पेशल फोर्सको ट्रेनिङ लिएकाले पनि आफू फुर्तिलो रहेको विश्वास विक्रममा छ। ४० वर्षमा हुँदासमेत उनी अझै केही वर्ष खेल्छु भन्ने सोचमै छन्। 

‘पारा ओलम्पिक खेलकुदको बारेमा पत्रिकामा एउटा समाचार आएको रहेछ। साथीहरुले त्यो पढेर सुनाए। त्यसपछि मलाई पनि त्यो कस्तो खेलकुद रहेछ भनेर बुझ्ने इच्छा भयो। पारा ओलम्पिक भनेको त्यतिबेला केही थाहा थिएन’, सुरुवातको दिन सम्झँदै बिक्रम भन्छन्, ‘ओलम्पिक भएको झण्डै एक महिनापछि पारा ओलम्पिक हुने रहेछ। त्यसका लागि नेपालबाट पनि खेलाडी छनोट हुँदैछ भन्ने सुनेँ। खोजिनीति सुरु गरेँ। छनोटमा गएँ।’ 

आफू ओलम्पिक खेल्न जाँदाको प्रमाणपत्र देखाउँदै विक्रम।

बेइजिङ पारा ओलम्पिकमा जान नपाए पनि विक्रमले एथ्लेटिक्समा लागिरहन्छु भनेर अभ्यास निरन्तर गरिरहे। क्रिकेट र एथ्लेटिक्सलाई सँगसँगै लगे। ‘सुरुमा हामीलाई पाइप समातेर कुदाइएको थियो। पछि मात्र पो थाहा भयो पाइप समातेर कुद्ने होइन रनर गाइडको सहयोगमा कुद्ने रहेछ’ विक्रमले सुनाए। 

खेल बुझेर लागेपछि नै उनी सन् २०१० को एसियन पारा खेलकुदका लागि छनोट भएका थिए। त्यो उनको पहिलो अन्तर्राष्ट्रिय एथ्लेटिक्स सहभागिता थियो। जहाँ उनले धेरै कुरा बुझ्ने अवसर पाए। ‘मैले त्यसबेला १०० र २०० मिटरमा दक्षिण एसियाको कीर्तिमान राख्न सफल भएको थिएँ। १०० मिटरमा १२.८५ सेकेण्डमा र २०० मिटरमा २७.३१ मा पूरा गरेको थिएँ’ खुसी हुँदै उनले भने।  

चीनमा भएको एसियन पारा खेलकुदको त्यो प्रदर्शनले गर्दा नै विक्रम लण्डन पारा ओलम्पिकका लागि पनि छनोट भए। लण्डनमा विक्रमले १०० मिटर दौड १२.८१ सेकेण्डमा र २०० मिटर दौड २६.९५ मा पूरा गरेका थिए। 

एथ्लेटिक्समा निरन्तर बढिरहेका विक्रमले ब्राजिल पारा ओलम्पिकमा १०० मिटर खेलेँ। उनले २०१४ कोरिया इन्चोनमा पारा ओलम्पिक पनि खेलेँ। अझै केही वर्ष खेल्न सक्छु भन्ने जोशमा रहेका उनी सुनाउँछन्- ‘खेल पहिलेको जस्तो नै त हुँदैन तर आत्मविश्वास भने म सक्छु भन्ने नै छ।’ 

दृष्टिविहीन क्रिकेटमा विक्रम बी वान अन्तर्गतका खेलाडी भए जस्तै एथ्लेटिक्समा टी इलाभेन अन्तर्गत पर्छन्। जुन पूर्ण दृष्टिविहीन खेलाडी रहने विधा हो। 

विक्रमले विभिन्न स्थानमा जितेका केही मेडल, ट्रफी र प्रमाणपत्र।

‘अन्तर्राष्ट्रिय स्तरमा हुने सुविधा त सुनेका मात्र छौँ। हामीले पाएका छैनौँ। राम्रो सुविधा र अभ्यास पाउने हो भने ओलम्पिकमा हाम्रो उपस्थिति राम्रो हुन्थ्यो जस्तो लाग्छ। पारा ओलम्पियन खेलाडीलाई प्रोत्साहनस्वरुप सरकाले महिनाको चार हजार रुपैयाँ भत्ता दिइरहे जस्तो अरु अभ्यासमा पनि ध्यान दिने हो भने राम्रो हुन्थ्यो’ विक्रमले भने। 

०००
के भए मानिस पूर्ण होला? सायद नहोला। तर विक्रम अहिले आफूलाई पूर्ण पाउँछन्। सन्तोष मानेर। यसो गर्न पाए हुन्थ्यो, अझै केही गरौँ भन्ने त छँदैछ तर जे छ त्यसमा खुसी छन्। चाहना ठूलो त छ तर पूरा गर्ने मेहनत पनि ठूलो नै। 

कुराकानीको केहीबेरमा उनी अलि भावुक पनि देखिए। भन्छन्- ‘राष्ट्रका लागि दुई आँखाको बलिदानी दिएको हो। त्यसपछि पनि आफ्नो शरीरले साथ दिएका कामहरुमा लागिपरिरहेको छु। त्यसैले अप्ठ्याराहरु जे भए पनि पर्वाह नगरी बढिरहेको छु।’ 

‘सक्षम भनिने खेलाडीहरुलाई जस्तो व्यवहार पारा खेलाडीलाई भने छैन। भेदभाव भएको महसुस हुन्छ। नागरिकलाई शारीरिक अवस्थाका आधारमा भेदभाव त नहुनुपर्ने हो, क्रिकेटकै कुरा गर्दा पनि हामीले तीनवटा विश्वकप खेलेर आएको कुरा त भुल्न मिल्दैन नि। खादा माला लगाएर गरिएको सम्मानमा हामी मनका धनी मात्र भयौँ, खेलका लागि पैसाको अभावमै रह्यौँ’ उनले भने। 

समय बित्दै जाँदा विक्रमले कतिपय कुरा त बिर्सि पनि सके। शासकसँगै फेरिएको समयमा केही सुधार पनि भएका छन्। तर फरक क्षमताका खेलाडीलाई हेर्ने व्यवहारमा सुधार नआएको र नीति निर्माण गर्ने ठाउँमा भएकालाई राम्ररी बुझाउन नसकिएको जस्तो उनलाई लाग्छ। 

नेत्रहीन राष्ट्रिय क्रिकेट टिम। तस्बिर- निरोज गिरी

हुन त आकृति नदेखिए पनि मनमा बन्ने चित्रजस्तो अमिट आँखाको तस्बिर कहाँ हुनु। अनुभव र ज्ञानभन्दा ठूलो दृश्य कसरी होला र! उस्तै हो खेल। खेलाडीका भावना उस्तै। उमंग, हाँसो, जित, हार, उत्साह, आँसु सबै उस्तै। उस्तै छ विक्रमले बुझ्ने दृश्य। उस्तै छन् मानिसहरु। तर फरक छ उनीहरुलाई गरिने व्यवहार। जसले कहिलेकाहिँ धुमिल पारिदिन खोज्छ उनीहरुले देखेको खुसी। 

एम्बुसमा परेर आँखा गुमाए पनि अन्तर्यको दृष्टिमा विक्रम अझ तेजिलो भएका छन्। आवाजलाई उनी यसरी मनको दृश्यमा बुन्छन् कि देख्नेहरु जिल खान्छन्। 

कुराकानीको बिट मारेसँगै आफूले खेल्दाको तस्बिर देखाएर विक्रम भनिरहेका थिए- यो म क्रिकेट खेल्दाको। दराजभित्र सुरक्षित राखेको प्रमाणपत्र देखाएर खुसी हुन्छन्- यो ओलम्पिकमा जाँदाको।

हेर्नुहोस् विक्रमबारे एक भिडियो

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्