रोल्पा- रोल्पाको थवाङमा रहेको वीरवलभद्र माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन्।
विद्यालयले आइतवार आयोजना गरेको नमूना विद्यालयको औपचारिक उद्घाटन कार्यक्रमका उपराष्ट्रपति पुनले सो घोषणा गरेका हुन्। कार्यक्रममा उपराष्ट्रपति पुनले शिक्षा क्षेत्रको विकासले मात्रै देशको समग्र विकास हुने बताए। वीरवलभद्र मावि नमूना माविको रुपमा घोषणा हुनुले यहाँको शिक्षा क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए।
माओवादी सशस्त्र द्वन्द्वका तत्कालीन कमाण्डरसमेत रहेका उपराष्ट्रपति पुनले थवाङमा अध्ययनकै क्रमा राजनीतिमा लागेका थिए। देशमा आएको पछिल्लो राजनीतिक परिवर्तनमा थवाङको महत्वपूर्ण लगानी रहेको उपराष्ट्रपति पुनले बताए।
७ वर्षपछि थवाङ आएको उनले जानकारी गराए। कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जा, जलश्रोत तथा सिचाईमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीको पनि उपस्थिति थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।