काठमाडौं- विभिन्न घोटालाका मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले माइतिघरमा प्रदर्शन गरेको छ । वाईडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै समाजले एक घण्टा प्रदर्शन गरेको हो।
तत्कालीन सन्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायतमाथि गहिराइमा छानबिन गरि कारबाही प्रकृया अघि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रहसमेत गरेको छ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईलगायत अधिकारकर्मीहरुको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।