काठमाडौं–नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले गोकुल बाँस्कोटाको कमिसनको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने माग गर्दै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने बताएका छन्।
उनले प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव नभएको बताउँदै अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको उल्लेख गर्दै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन? भन्दै प्रश्न गरेका छन्।
काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले भने,‘प्रधानमन्त्रीले यत्रो दिन किन गुपचुप राख्नुभयो? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ।’
नेपालमा पछिल्लो समय भएका चरम भ्रष्टाचारमा प्रधानमन्त्रीको नै संलग्नता रहेको गजुरेलले गम्भीर आरोप लगाए । उनले भने,‘सबै ठूला–ठूला भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता छ।’
उनले अख्तियारले सरकारले जे भन्यो त्यही गर्ने भएकाले विश्वास नभएको दावस् गर्दै यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोजेको हो कि भन्ने आशंका ब्यक्त गरे।
‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन रु २ महिनासम्म के हेरेर बस्नुभयो रु उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ’उनले भने।
उनले यति प्रकरण पनि नेपालको भ्रष्टाचारको नाँगो रुप भएको बताए । उनले गोकर्ण रिसोर्टको बारेमा यतिभन्दा बढि तिर्छु भन्ने आउँदा आउँदै सरकारले किन यतिलाई दिएको भन्दै प्रश्न गरे‘ यतिलाई सरकारको यति धेरै संरक्षण किन रु यसमा कि त प्रधानमन्त्रीको सेयर छ रु कि त ठूलो कमिशनको खेल भएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।