काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन नेकपाभित्र संविधान संशोधनको गृहकार्य, तीन सदस्यीय कार्यदल गठन, संयोजकमा माधवकुमार नेपाल ।
२) गठनको नौ महिनापछि बस्यो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छाया मन्त्रिमण्डलको पहिलो बैठक, अन्य मन्त्रालयमा भएका नीतिगत भ्रष्टाचार हेर्न छाया मन्त्रीहरुलाई निर्देशन ।
३) अर्थमन्त्री फेरिने हल्लाले सेयर बजारमा एकै दिन करिब ७० अंकको सुधार, इतिहासकै सबैभन्दा बढी ३ अर्ब ६० करोडको कारोबार ।
४) ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबलाई सताक्षी गोल्डकपको उपाधि, खेलको दोस्रो मिनेटमा विमल घर्ती मगरले गरेको गोल नै निर्णायक ।
५) र, सामाजिक सञ्जालमा कोरोना भाइरसबारे मिथ्या सूचना फैलाएको अमेरिकी आरोप रुसद्वारा अस्वीकार, इटलीका एक दर्जन सहर बन्द, झन्डै ५० हजार मानिसहरूलाई घरभित्रै रहन निर्देशन ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।