काठमाडौं– निजामती कर्मचारीलाई निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अश्लिल शब्द प्रयोग गरेको प्रति नेपाली कांग्रेस संदीय दलले आपत्ति जनाएको छ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियाका लागि कमिसन ‘डिल’ गर्ने क्रममा कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरेका थिए।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति निकालेर बाँस्कोटाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। ‘गरिमामय पदमा रहेर अत्यन्तै अमर्यादित, अशोभनीय एवं आपत्तिजनक भाषा प्रयोग गर्नु निन्दनीय एवं लज्जास्पद विषय हो,’ विज्ञप्तिमा भनिएकाे छ, 'राष्ट्रसेवक कर्मचारीलाई बाँस्कोटाको बोलीले आघात पुगेको कांग्रेसको ठहर छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।