एजेन्सी- काेराेना भाइरबाट आइतबारसम्म २ हजार ४ सय ६२ जनाकाे मृत्यु भएकाे छ।
कोभिड–१९ नाम दिइएकाे याे भाइरसबाट चीनमा २ हजार ४ सय ४२, इरानमा ६, दक्षिण काेरियामा ४ जनाकाे मृत्यु भएकाे छ।
यसैगरी हङकङमा २, डायमन्ड प्रिन्सेस शिपमा २, इटालीमा २, जापानमा १, ताइवानमा १, फ्रान्समा १ र फिलिपिन्समा १ जनाकाे मृत्यु भएकाे छ।
याे भाइरसबाट ७६ हजारभन्दा बढी मानिस प्रभावित भइसकेका छन्। यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।