• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  ११:५१
1140x725

काठमाडौं– निवर्तमान सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियारमा उजुरी दिएका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको र उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउन खोजेको अडियोमा स्पष्ट भएकाले भ्रष्टाचारजन्य कसुरमा छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।

यसअघि पनि विभिन्न सरकारी ठेक्कामा बाँस्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने सम्भावना रहेको उजुरीमा उल्लेख छ। ती लाभहरूलाई आफ्ना निकटका कम्पनीबाट शुद्धीकरण गर्ने सम्भावना अधिक रहेको बताइएको छ।

उजुरीमा भनिएको छ, ‘यती समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा यस सरकारले पनि यती समूहलाई लाभ हुने गरी विभिन्न निर्णय लिएकोले श्री बाँस्कोटाले प्राप्त गरेको हुनसक्ने घुस तथा कमिसन यती समूहका कम्पनीमार्फत लगानी गरेको हुन सक्ने सम्भावना पनि रहेको छ। साथै आफ्ना आफन्त तथा नजिकका सहयोगीहरूको नाममा बैंक खाता वा अन्य स्थानमा रकम जम्मा गरेको हुन पनि सक्छ वा आफ्नै घरमा पनि राखेको पनि हुन सक्छ। निज बाँस्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिई र निज बास्कोटाका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न पनि अनुरोध गर्दछौँ।’

यस्तो छ उजुरीको पूर्ण विवरण
श्री कार्यालय प्रमुख,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, 
टंगाल, काठमाडौं। 

विषय: निवर्तमानमन्त्री गोकुल बाँस्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्ने सम्बन्धमा

महोदय,
उपर्युक्त विषयमा निवर्तमान संघीय सञ्चार तथा सूचना प्रविधिमन्त्री श्री गोकुल बाँस्कोटाले नेपाल सरकारले किन्ने प्रक्रियामा रहेको सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रियामा स्वीजरल्यान्डस्थित एक कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ घुस मागेको तथा उक्त प्रक्रियामा आफूले घुस खाने उद्देश्यले अनुमानित लागत बढाउने नियत राखी छलफल गरेको बारेमा माथि उल्लिखित दुई जना व्यक्तिहरुले कुराकानी गरेको अडियो रेकर्डिङ हाम्राकुरा डट कमलगायत सञ्चार माध्यममा सार्वजिनक भएको तहाँलाई जानकारी नै होला।

भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) मा “राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न … रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछ। …(झ) एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि  आठ वर्षदेखि दश वर्षसम्म कैद।” उल्लेख भएको छ। … '  (४) यस दफा अन्तर्गत सजाय हुने कुनै कसुर गर्न दुरुत्साहन दिने व्यक्तिलाई त्यसरी दुरुत्साहन दिएबाट कसुर भएको वा नभएको जेसुकै भए तापनि कसुरको मात्रा अनुसार निज राष्ट्रसेवक भए सोही कसुरको लागि तोकिएको सजाय र अन्य व्यक्ति भए त्यसको आधा सजाय हुनेछ।' … '(२४)  थप सजाय  संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद अन्तर्गतका कसुर गरेमा निजलाई त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुनेछ।'

Ncell 2
Ncell 2

माथि उल्लिखित व्यवस्था बमोजिम श्री गोकुल बास्कोटालाई भ्रष्टाचारको कसुरमा छानविन गर्ने प्रष्ट आधार देखिने भएकोले निज उपर आवश्यक छानविन गरी यस ऐनमा व्यवस्था भए बमोजिमको हदैसम्मको कारवाहीको लागि प्रक्रिया सुरु गरिपाऊँ।

साथै उक्त अडियो रेकर्डिङको बारेमा प्रधानमन्त्री श्री खड्ग प्रसाद ओलीलाई करिब दुई महिना अगाडिबाटै थाहा भएको भन्ने पनि सञ्चार माध्यमबाट थाहा हुन आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यदि उक्त कुरा सत्यतथ्य हो भने निजले भ्रष्टाचार निवारण ऐनको परिच्छेद - ५ को विविध शीर्षकको दफा ४४ को “सरकारी निकाय तथा सार्वजनिक संस्थाको कर्तव्यः कुनै सरकारी निकाय तथा सार्वजनिक संस्थाको प्रमुखले आफ्नो वा आफ्नो मातहतका कुनै कार्यालयमा भ्रष्टाचार भएको छ भन्ने कुनै जानकारी प्राप्त हुन आएमा तत्काल त्यस्तो विषयसंग सम्बन्धित कागजात तथा फाइल आफ्नो जिम्मामा लिई सुरक्षित राख्नु पर्नेछ र त्यस्तो विषयसँग सम्बन्धित व्यक्ति तथा कर्मचारीहरूसंग वास्तविक कुरा बुझी भ्रष्टाचार भएको देखिने कारण भएमा त्यस्तो कागजात अनुसन्धान तथा तहकिकातका लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ।” भन्ने व्यवस्थाको उलङ्घन गरेको हुन आउने देखिन्छ।

त्यसका अलावा प्रधानमन्त्रीले निवर्तमान मन्त्रीको तारिफ गरेको भन्ने हालसालैका समाचार सामग्रीहरु तथा निज मन्त्रीलाई रिक्त हुन आएको शहरी विकास मन्त्रालयको समेत कार्यभार थपिदिएकोले प्रधानमन्त्री पनि यस विषयमा कुनै न कुनै रुपमा संलग्न छन् भन्ने निष्कर्षतिर लैजान बल पुर्‍याउँछ। त्यसैले प्रधानमन्त्रीको पदमा बहाल खड्ग प्रसाद ओली उपर पनि आवश्यक छानविन गरी कारवाही अगाडि बढाउनको लागि अनुरोध गर्दछौँ।

'बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट' भन्ने शीर्षकमा नयाँ पत्रिकाले लेखेको समाचारको मूल निष्कर्ष यस्तो छ, 'नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि निवर्तमान सञ्चारमन्त्री बाँस्कोटाले स्वार्थअनुसार अघि बढाए।'  साथै समाचारको एउटा अंश यस्तो छ, 'यी कार्यक्रमको पारदर्शितामा प्रश्न उठाउने प्रशस्त आधार देखिएका छन्। कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रियालाई उल्लंघन गरेको देखिन्छ।'

माथि उल्लिखित समाचारको आधारमा पनि यो भन्दा अगाडि पनि विभिन्न सरकारी ठेक्कामा श्री बास्कोटाले हस्तक्षेप गरेकोले ती ठेक्काबाट पनि अनुचित लाभ लिएको हुनसक्ने बलियो सम्भावना रहेको छ। ती लाभहरूलाई आफ्ना निकटका कम्पनीबाट शुद्धीकरण गर्ने सम्भावना अधिक रहन्छ। श्री गोकुल बास्कोटा यति समूहले सञ्चालन गरेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको सञ्चालक २०६८ मा बनेको तथा यस सरकारले पनि यति समूहलाई लाभ हुने गरी विभिन्न निर्णय लिएकोले श्री बास्कोटाले प्राप्त गरेको हुनसक्ने घुस तथा कमिसन यति समूहका कम्पनी मार्फत लगानी गरेको हुन सक्ने सम्भावना पनि रहेको छ। साथै आफ्ना आफन्त तथा नजिकका सहयोगीहरूको नाममा बैंक खाता वा अन्य स्थानमा रकम जम्मा गरेको हुन पनि सक्छ वा आफ्नै घरमा पनि राखेको पनि हुन सक्छ। निज बास्कोटा प्रधानमन्त्रीको निजी निवासमा बसिरहेकोले तत्कालै त्यसको खानतलासी लिई र निज बास्कोटाका आफन्त वा सहयोगीहरूको बैंक खाताको बारेमा पनि बुझ्न पनि अनुरोध गर्दछौँ। 

यस विषयमा पनि छानबिन गरी राष्ट्रको ढुकुटीको संरक्षण गर्ने तथा त्यसबाट आफूलाई अनुचित लाभ लिन खोज्ने व्यक्तिहरूलाई कारवाही गर्न यस आयोगको अधिकतम सक्रियता आवश्यक छ। साथै राजनीतिक रूपमा सजिला मुद्दामा मात्रै यस आयोगले काम गर्छ भन्ने आरोपबाट मुक्त हुन आयोगले आवश्यक तदारुकता देखाउनुपर्छ भन्ने हाम्रो बुझाइ रहेको छ ‌। 

यस निवेदनमा उठाइएका मागहरूको विषयमा  प्रमाणका रुपमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु पनि यसै निवेदनसाथ पेश गरेका छौँ।
धन्यवाद!
निवेदकहरु:
१.  प्रितम सुवेदी, सुनसरी
२. विजय बाबु शिवाकोटी, दोलखा

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेवातालमा कार खस्दा चालकको मृत्यु
विश्वकपमा आज तीन खेल हुँदै
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु
सम्बन्धित सामग्री
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध सुदृढ र प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका हुन् । शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय सभाको १९ औं अधिवेशन अन्त्य राष्ट्रिय सभाको शुक्रबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अन्त्यको औपचार... शुक्रबार, फागुन १, २०८२
कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन्। आगामी चुनावका लागि प्रतिज्ञापत्र तया... शुक्रबार, फागुन १, २०८२
ताजा समाचारसबै
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी शनिबार, फागुन २, २०८२
आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्