काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नाे जन्मदिन मनाउँदै छन्।
जन्मदिन मनाउन ओली तेह्रथुमकाे आठराई गाउँपालिका जाँदैछन्।
जन्मथलो आठराई जानुअघि प्रधानमन्त्री ओलीका शुभेच्छुकहरुले उनलाई बालुवाटारस्थित निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत बालुवाटार पुगेर जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे।
यसैबीच, प्रधानमन्त्री ओली आफ्नो ६९ औं जन्मदिन मनाउन जन्मथलाे आउने भएपछि तेह्रथुमकाे आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएकाे छ।
प्रधानमन्त्री ओलीले त्यहाँ स्थानीय बाटोको शिलान्यास गर्नुका साथै र नेपाल बैंककाे शाखाको उद्घाटन गर्ने कार्यक्रम छ। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।
तस्बिर: प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।