कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको छ।
स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएकाे सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी हुँदा बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भए।
भण्डारीका अनुसार कमाइ खाने सहारा फार्म थियो, त्याे पनि जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ।
आगो स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो। नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।