काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) एमसिसी सम्झौतामा दुई पटक परिमार्जन भइसकेको नेकपा अध्यक्ष दाहालको दाबी, नेपालको संवेदनशीलतासँग सम्बन्धित विषय परिमार्जन गर्न अध्ययन कार्यदल सुझाव दिएको भनाइ ।
२) सरकारी अकर्मण्यता र संस्थाका पदाधिकारीको पदलोलुपताले थप संकटतर्फ नेपाल रेडक्रस, अनियमितताको विषय संसदीय समितिमा प्रवेश, अनिश्चित बन्यो महाधिवेशन ।
३) काठमाडौं महानगरले फिर्ता लियो तीनकुने जागृतिनगरको अतिक्रमित जग्गा, खाली गराउन ३५ दिने सूचना दिनुपर्नेमा १५ दिने सूचना जारी गरेर टहरा भत्काइएको स्थानीयको आरोप ।
४) फागुन १९ देखि सुरु हुँदै सातौं राष्ट्रिय लोकेन्द्रकुमार श्रेष्ठ स्मृति जुडो प्रतियोगिता, आयोजक सप्तरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित २४ टिम सहभागी हुने ।
५) र, कोरियामा कोरोनाका कारण शनिबारसम्ममा ३ जनाको मृत्यु, ४ सय ३३ संक्रमित, थेगु वरपरका बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्कन अपिल, इरानमा पनि पाँचको मृत्यु ।
पूरा समाचार भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।