सिओल- दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने यसबाट ४ सय ३३ जना संक्रमित भएको पुष्टि भएको छ।
शनिबार ख्यङजुमा थप १ जनाकाे मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो।
शुक्रबार साँझसम्म २ सय ४ काे संख्यामा रहेकाेमा शनिबार साँझ ५ बजेसम्म एकैदिन २ सय २९ जना कोरोना संक्रमित बिरामी थपिएकाे काेरियाकाे राेग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै काेरियाका नेपाली डाक्टर राजेशचन्द्र जाेशीले जानकारी दिए।
संक्रमित ४ सय ३३ जनामध्ये २ सय ३१ जना थेगुस्थित सिन्छन् चर्चसँग सम्बन्धित रहेकाे केन्द्रकाे भनाइ छ। यसैगरी थेगु सहरबाट मात्रै ३ सय ५२ जना संक्रमित भएको जनाइएको छ।
काेरियामा मंगलबारसम्म ३१ जनाकाे संख्यामा रहेकाे संक्रमितकाे संख्या पछिल्लाे ४ दिनमा ४ सय २ जनाले वृद्वि भएकाे हो।
पछिल्लाे संक्रमण थेगुस्थित सिनछन चर्चबाट फैलिएकाे केन्द्रले जनाएकाे छ।
सरकारले थेगुलगायत थेगु वरिपरीका बासिन्दालाई अत्यावश्यक अवस्था बाहेक बाहिर ननिस्किन अपिल गरेकाे छ।
साथै भाइरसबाट कोरियामा ३ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म विश्वभरिबाट २ हजार ३ सय ६० जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।
यसैगरी ७७ हजार ७ सय मानिसमा संक्रमण फैलिएको छ। चीनभन्दा बाहिरका देशमा मात्रै सो भाइरसबाट १५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।