काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका कामलाई अझ प्रभावकारी बनाउने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन्।
प्रेस संगठन नेपाल, नवलपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमसिसी अध्ययन कार्यदलले शुक्रबार मात्रै प्रतिवेदन बुझाएकाले आफूहरुले अध्ययन गरिरहेको बताए।
'सचिवालयले पनि त्यसमा छलफल गर्छ। टुंगोमा पुर्याउने कोसिस भइरहेको छ', उनले भने।
उनले एमसिसी अन्तर्गत रकम आउनु ठूलो कुरा भएको बताउँदै सुरुवातमा त्यसबारे सकारात्मक वातावरण नै रहेको बताए। 'तर पछि सम्झौता पत्र अध्ययन गर्दै जाँदा विभिन्न रुपमा विवादहरु सिर्जना भयो', उनले भने।
सञ्चारमन्त्रीका बारेमा जे कुरा बाहिर आयो, प्रधानमन्त्रीले तत्कालै उहाँको राजीनामा माग्ने र बाँकी अनुसन्धान गर्न पहल लिएकाले समस्या समाधानतिर गएको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।