एजेन्सी- समलिङ्गी सम्बन्धका बारेमा आयुष्मान खुरानाको फिल्म 'शुभ मंगल ज्यादा सावधान'प्रति दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।
फिल्म संवेदनशील विषयमा बनेका कारण अन्तर्राष्ट्रिय स्तरमा पनि यसकाे चर्चामा छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसकाे प्रशंसा गरेका छन्। बेलायती कार्यकर्ता पिटर टचहेलले 'शुभ मंगल ज्यादा सावधान'सँग सम्बन्धित ट्वीट गर्दै एक बलिउड रोमान्टिक कमेडी रिलीज भएको बताएका थिए।
पिटरकाे ट्वीटलाई रिट्वीट गर्दै ट्रम्पले उत्कृष्ट भनेका छन्। 'शुभ मंगल ज्यादा सावधान' शुक्रबार रिलिज भएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।