काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको नेकपा अध्यक्ष दाहालको भनाइ, सत्तामा नहुँदा क्रान्तिमा ठूला त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको तर्क।
२) घुसकाण्डमा मुछिएर राजीनामा दिएका मन्त्री बाँस्कोटामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो, बाँस्कोटाको कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा।
३) गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट, जमिन बाँझो हुँदा धान उत्पादनमा प्रभाव, उत्पादन क्षेत्रफल पनि घट्यो ।
४) ब्राजिलियन स्टार नेयमार आउने सिजनबाट स्पेनिस क्लब रियल मड्रिडमा जोडिने मिडफिल्डर क्यासेमिरोको अपेक्षा, दिनहुँ नेयमारलाई रियल आउन आग्रह गरिरहेको भनाइ।
५) र, अमेरिकाको अदालतद्वारा राष्ट्रपति ट्रम्पका पूर्वसल्लाहकार रोजरलाई ४० महिनाको कारावास सजाय, चुनावी अभियान प्रकरणमा जोडिएर दोषी हुने ट्रम्पका छैटौं सल्लाहकार, अमेरिकी कंग्रेसलाई ढाँटेको अभियोग।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।