काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन्।
राष्ट्रपतिले मन्दिरमा करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी थिइन्। नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन्।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजाआजा गरेका थिए। त्यसअवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरे।
राष्ट्रपति उपस्थित हुने भएपछि पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।