बेइजिङ- चीनको छिङंहाई प्रान्तका सबै कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ।
देशको उत्तरपश्चिमतर्फ पर्ने सो प्रान्तका कोरोना सङ्क्रमित सबै बिरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन्।
शुक्रबार बिहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्।
अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दाबी गरेको समाचारमा जनाइएको छ।
उनीहरूले सङ्क्रमण भएका ४ सय ३७ जना र निरन्तर सम्पर्कमा रहेका ३३ जनालाई चिकित्सकको निगरानीमा राखिएको पनि जानकारी दिएका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।