• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बाँस्कोटा घुस ‘डिल’ प्रकरण : के गर्छ अब कांग्रेसले?

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ९, २०७६  १७:०८
1140x725

काठमाडौं– आफ्ना उपसभापति विजय गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएको विषयमा तीन दिन संसद अवरुद्ध गरेपछि कांग्रेस आलोचित बन्यो।

अदालत प्रवेश गरिसकेको विषयलाई उठाएर संसद अवरुद्ध गरेको कांग्रेसको कार्यशैलीले उसैमाथि प्रश्न उठेको थियो। त्यसको एक साता पनि नबित्दै संसद अवरोधका लागि बलियो माध्यम बनिदिएको छ–निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरण।

सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगिसकेको तर धेरैका लागि अप्रत्याशित बनेको मन्त्रीको ‘कमिसन डिल’ले कांग्रेसले प्रतिपक्षीय भूमिका देखाउने अवसर प्राप्त गरेको छ। बिहीबार सखारै आएको ‘कमिसन काण्ड’का कारण २४ घन्टा पनि नपुग्दै मन्त्रीले पदबाट हात धुनुपरेको छ। राजीनामाले मात्रै सन्तुष्ट नहुने अडान राखेको कांग्रेसले आफ्नो बोलीलाई कति निरन्तरता दिन सक्ला, उसप्रति पनि प्रश्न उठेको छ। 

बिहीबार संसदमा प्रस्तुत कांग्रेसको आवाज सुन्दा राजीनामाले मात्रै कांग्रेस सन्तुष्ट हुने देखिएको छैन। निर्धारित समयभन्दा दुई घन्टा ढिलो सुरु भएको बैठकमा कांग्रेस सचेत पुष्पा भुसालले बाँस्कोटाको ‘कमिसन काण्ड’मा पार्टीका तीन शर्त राखिन्।

–बाँस्कोटाको बर्खास्त
–प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने।
–तटस्थ रुपमा ‘कमिसन काण्ड’को छानबिन हुनुपर्ने। 

कांग्रेसको पहिलो माग बाँस्कोटा स्वयंले पुरा गरिदिएका छन्। ‘आफ्नो बारेमा कुरा उठेपछि बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा’ बुझाएका छन्। उनको जिम्मेवारी अर्का मन्त्रीलाई सुम्पिएको छ। 

मन्त्रिपरिषदको निर्णयका आधारमा प्रक्रिया अघि बढेको तथा प्रधानमन्त्रीका विश्वासपात्र बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा आर्थिक अनियमितता गर्न खोज्नुमा बालुवाटारको समेत हात रहेको कांग्रेसको बुझाइ छ।

नेपाली जनताको करबाट उठाइएको रकममा ७० करोड भ्रष्टचार गर्न प्रधानमन्त्री किन उद्यत हुनुहुन्छ? ’कांग्रेस सचेतक पुष्पा भुसालले प्रश्न गरिन्,‘ ‘अब्बल दर्जाको सञ्चारमन्त्री बनाएको छु भनि प्रधानमन्त्रीले भन्दै आउनुभएको छ। यस्तै भ्रष्टचारका नमूनाहरुका लागि एउटा अब्बल मन्त्रीको उपमा दिनुभएको होला।’

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेस बाँस्कोटाको राजीनामाले मात्रै उक्त मुद्धाबाट विश्राम नलिने पक्षमा छ। कांग्रेसको ‘तीर’ अब प्रधानमन्त्रीतिर सोझिएको छ। प्रिन्टिङ प्रेस खरिदको विषय पटक–पटक मन्त्रिपरिषदमा समेत उठेकाले जवाफदेही प्रधानमन्त्री हुनपर्ने कांग्रेसको तर्क छ। भुसालले भनिन्, ‘यो मुद्धा एउटा सञ्चारमन्त्रीले भ्रष्टाचार गरेको विषयमा मात्रै सीमित हुँदैन। प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ।’

प्रधानमन्त्रीको जवाफले पनि चित्त नबुझाउने कांग्रेसले उक्त प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत उठाएको छ।  राजीनामा दिएकै कारण उन्मुक्ति दिन नहुने कांग्रेसको माग छ। बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गरेकै आधारमा नेकपा नेतालाई उन्मुक्ति दिएको घटनाबाट संशकित कांग्रेसले राजीनामा दिएकै आधारमा उन्मुक्ति नपाउने तर्क राखेको छ। कांग्रेस नेता गगन थापाले भने,‘ अब गोकुल बाँस्कोटाको राजीनामाले मात्रै हुन्न। प्रधानमन्त्रीको यस प्रकरणमा संम्लग्नता छैन भन्ने कुराको पुष्टि नहुने बेलासम्म हामी आश्वस्त हुँदैनौं।’

प्रधानमन्त्रीको जानकारी र संलग्नताविना प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नै नबढेको कांग्रेसको निष्कर्ष छ। नेता थापाले भने,‘यो घुस कमिसन काण्ड सामान्य किसिमले रफादफा हुन्छ। छानबिनको प्रक्रियामा मात्रै जान्छ भन्ने कुराले मात्रै यो विषय टुंगिन्न।’ 

कांग्रेसले सामान्य परिघटनाका रुपमा घुस प्रकरण नलिने जनाएको छ। ‘आश्वस्त नहुने बेलासम्म घुस काण्डलाई कांग्रेसले छोड्दैन,’ नेता थापाले भने, ‘यो प्रकरण कसैले तुहिन्छ भने सोचेको भए भ्रममा नबसौं।’ कांग्रेसले यस मुद्धालाई तुहिन नदिने थापाले प्रधानमन्त्रीलाई समेत सुनाए।

विभागीय मन्त्रीले ठूलो परिणाममा घुसका लागि बार्गेनिङ गरेको नेपालको इतिहासमै पहिलो घटना हो। निर्वतमान मन्त्री बाँस्कोटामाथि छानबिनका लागि विद्यमान तीन कानुन आकर्षित हुने देखिन्छ। भ्रष्टाचार निवारण ऐन, सम्पत्ति शुद्धीकरण र अनुचित कार्यमा बाँस्कोटामाथि छानबिन हुन सक्ने देखिन्छ। विदेशी कम्पनीको एजेन्टसँग अनुचित लाभका लागि बार्गेनिङ गरेको अभियोगमा सर्तकता केन्द्रले अख्तियारलाई मुद्धा दायर गर्न पत्र लेख्न सक्छ। 


नेपाललाइभसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलले सम्पत्ति शुद्धीकरण निवारण ऐनविरुद्धको कार्यमा पनि सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि अनुसन्धान गर्नसक्ने बताए।

सरकारको नीति तथा कार्यक्रममा समेटिएको विषयसमेत भएकाले प्रधानमन्त्रीले जवाफ दिनै पर्ने कांग्रेसको माग छ। सचेतक भुसालले भनिन्,‘विवादको विषय भइसकेकाले प्रधानमन्त्रीले संसदमा जानकारी दिनैपर्छ।’ सम्वन्धित निकायले छानबिनको प्रक्रियासमेत सुरु गर्नुपर्ने उनको राय छ। प्रधानमन्त्रीले संसदलाई जानकारी दिनैपर्ने विषय भएकाले प्रधानमन्त्रीले जवाफ नदिए संसद सञ्चालन हुन नसक्ने उनले बताइन्।

संसदमा प्रधानमन्त्रीले स्पष्टीकरण दिइसकेपछि बाँस्कोटामाथि छानबिनको प्रक्रिया सुरु हुनुपर्ने कांग्रेसको माग छ।  
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १७:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय... बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार, वैशाख २३, २०८३
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै थापाले ओलीको जस्तै भ्रमबाट सरकार मुक्त हुनुपर्ने उनले बताएका हुन् । बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्