काठमाडौं– दोलखाको कालिञ्चोक गाउँपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्न बसेका थामीलाई बसले ठक्कर दिएको थियो।
थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ। बालक कालिञ्चोक गाउँपालिका ९ का हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।