रुपन्देही– रुपन्देहीमा ४० लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बेलहिया बाईपासबाट प्रहरीले दिपक कुमार मल्लिक र धनवन्त कुमार अग्रवाललाई पक्राउ गरेको हो।
बुधबार बेलहियाबाट भैरहवा आउँदै गरेको लु २२ प ३८७१ नम्बरको स्कुटरमा ४० लाख ३८ हजार ७ सय ५० रुपैयाँ बरामद भएको हो। स्कुटर चालकलाई पैसाको स्रोतबारे सोध्दा उनले अग्रवालको पैसा हो भनेपछि अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।
दुवै जनालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा पठाएको छ। बरामद पैसा अवैध कारोबारवापतको हुनसक्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।