एजेन्सी- अमेरिकाको अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिनाको कारावास सजाय सुनाएको छ।
अमेरिकी कंग्रेसलाई सात पटक ढाँटेको, व्यवधान गरेको र साक्षीलाई प्रभावित गरेको भन्दै अदालतले ६७ वर्षिय स्टोनलाई सो सजाय तोकेको हो। अमेरिकी न्याय मन्त्रालयले गरेको अनुसन्धानमा उनी दोषी भेटिएका थिए।
सजाय सुनाएकी न्यायाधीश एमी बर्मन ज्याकसनले उनीप्रति 'घृणा' व्यक्त गर्दै आफूलाई स्टोनले धम्काएको समेत बताएकी छन्। उनले यस मामिलामा राष्ट्रपति ट्रम्पलाई भने सफाइ दिनुपर्ने बताइन्।
बिबिसीका अनुसार सन् २०१६ मा चुनावी अभियानमा ट्रम्पलाई रुसले सघाउन गरेको प्रयासमा जोडिएको पाइएपछि सो प्रकरणमा दोषी हुने स्टोन ट्रम्पका छैटौं सल्लाहकार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।