काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा स्थापना प्रक्रियामा कमिशन ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाद्वारा राजीनामा, नउदाउँदै अस्तायो बाँस्कोटाको राजनीति ।
२) सेक्युरिटी प्रेस स्थापना प्रक्रिया तत्कालका लागि स्थगित गर्न लेखा समितिको निर्देशन, आफ्नो नामसमेत मुछिएको भन्दै समितिका सांसदहरुको आपत्ति, चरित्र हत्या गर्नेलाई मुद्दा चलाउन माग ।
३) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्यो दुवै सदन अवरुद्ध, गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्रै संसद् नखुल्ने भनाइ, नैतिक जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने तर्क ।
४) फिफा वरीयतामा नेपाल १ सय ७०औं स्थानमा यथावत, दक्षिण एसियामा भने तेस्रो स्थानमा, वरीयताको शीर्ष स्थानमा बेल्जियम रहँदा विश्वविजेता फ्रान्स दोस्रोमा ।
५) र, जर्मनीको हानाउ सहरमा छुट्टा छुट्टै दुई स्थानमा भएको गोली प्रहारबाट ८ जनाको मृत्यु, ५ घाइते, आक्रमणको उद्देश्य स्पष्ट भइनसकेको प्रहरीको भनाइ ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।