काठमाडौं- निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिनको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता/कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको छ।
बिहीबार प्रदर्शनीमार्गबाट निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्दा संघका अध्यक्ष राजीव ढुङ्गानासहित आधा दर्जन नेता/कार्यकर्ता घाइते भएका छन्।
प्रहरीको लाठी प्रहारबाट सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्कालगायत दर्जनौं विद्यार्थीहरु घाइते भएको नेपाली कांग्रेसले जनाएको छ।
शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको कांग्रेसले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।