काठमाडौं– लाखौं रकम मोटरसाइकलको हेल्मेटमा लुकाएर नेपाल भित्र्याउँदै गर्दा पक्राउ परेका नेपाली र भारतीय नागरिकलाई सम्पत्ति शुद्धीकरण मुद्दा लाग्ने भएको छ।
अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४० लाख रुपैयाँसहित एक वर्षअघि बाराबाट पक्राउ परेका नेपाली नागरिक सन्तोषकुमार जयसवाल र भारतका गुड्डुकुमारमाथि अनुसन्धान गर्न बिहीबार विशेष अदालतबाट १० दिनको समय लिएको छ।
विहारका २२ वर्षीय गुड्डु र वीरगञ्ज १६ इनरुवाका सन्तोषलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको थियो। ना५४प १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका उनीहरुले हेल्मेटभित्र, मोटरसाइकलको सिटमुनि र खुट्टाको पिडौंलामा डोरीले पैसा बाँधेर ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।