गौशाला- महोत्तरीका १५ वटै स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा राजपा नेपाल सात स्थानमा विजयी हुँदै पहिलो बनेको छ।
राजपाले चार नगरपालिका र तीन गाउँपालिका जितेको हो।
यस्तै, माओवादी केन्द्र चार स्थानमा, नेपाली कांग्रेस तीन स्थानमा र संघीय समाजवादी फोरमले एक स्थानमा जित हात पारेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिएका छन्।
प्रमुख र अध्यक्ष पदमा विजयी र प्राप्त मतसहित:
राजपा
जलेश्वर नगरपालिका - रामशंकर मिश्र (५१८० मत)
मटिहानी नगरपालिका - हरिप्रसाद मण्डल (३४०३ मत)
भंगहा नगरपालिका - संजीवकुमार साह (४४७८ मत)
मनरासिसवा नगरपालिका - सञ्जयकुमार सिंह (४२३९ मत)
महोत्तरी गाउँपालिका - सुनिल राय (२७५१ मत)
एकडारा गाउँपालिका - रामछविला साह (२३१८ मत)
पिपरा गाउँपालिका - विनोदकुमार चौधरी (२७७५ मत)
माओवादी केन्द्र
बर्दिबास नगरपालिका - विदुरकुमार कार्की (९१८७ मत)
गौशाला नगरपालिका - शिवनाथ महतो (५९४४ मत)
रामगोपालपुर नगरपालिका - अशोक मण्डल (२९४४ मत)
सम्सी गाउँपालिका - फारुक शेख (२३४८ मत)
नेपाली कांग्रेस
औरही नगरपालिका - सुनीलकुमार यादव (३१५९ मत)
बलवा नगरपालिका - विनोद यादव (३६१६ मत)
लोहारपट्टी नगरपालिका - शैलेन्द्रकुमार यादव (४५२३ मत)
संघीय समाजवादी फोरम
सोनमा गाउँपालिका - राजकुमार यादव (४१३२ मत)
(रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।