काठ्माडौं- नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संचारमन्त्री गोकुल बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाएका छन्।
कञ्चनपुरबाट राजधानी फर्कंदै गर्दा मन्त्री बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए।
कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता विष्णुहरी खड्कालाई पक्राउ गरेको छ। नेविसंघले सञ्चारमन्त्रीले राजीनामा नदिएसम्म प्रतिरोधमा उत्रने जनाएको छ।
सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।