काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै संसद अवरुद्ध गर्ने भएको हो।
सेक्युरिटी प्रेस खरिद तथा स्थापनका लागि कमिसन ‘डिल’ गरेको अडिओ टेप बाहिरिएपछि मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसले माग गरेको छ।
राज्य व्यवस्थामा भएको छलफलमा कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गर्ने जानकारी गराएका छन्।
सांसद डिला संग्रौलाले भनिन्, 'मन्त्री बाँस्कोटालाई बर्खास्त नगरेसम्म सम्म चलाउन कांग्रेसले दिदैन।’
एक बजेलाई बोलाएको बैठक १ः३० सम्म सञ्चालन हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।