• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : प्रधानमन्त्रीज्यू ! सञ्चारमन्त्रीको राजीनामा माग्नुस्, नमाने बर्खास्त गर्नुस्

64x64
नेपाल लाइभ बिहीबार, फागुन ८, २०७६  १३:०५
1140x725

भ्रष्टाचारीहरुप्रति निकै कडा सुनिन्छन्-प्रधानमन्त्री केपी शर्मा ओली। उनले भन्ने गरेका छन्- भ्रष्टाचारीको मुख पनि हेर्दिनँ।

अहिले उनी आफ्नै बोलीको मर्यादा कायम गर्नुपर्ने अवस्थामा पुगेका छन्।

प्रधानमन्त्रीका विश्वास पात्र तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको 'डिल' को अडियो रेकर्ड सार्वजनिक भएको छ। सार्वजनिक भएका बाँस्कोटाका प्रारम्भिक प्रतिक्रिया अनुसार, अडियोमा बोल्ने उनी नै हुन्।

तथ्यहरु बाहिर नआएको भए पनि मन्त्री बाँस्कोटालाई केही प्रकरणसँग जोडेर शंकास्पद दृष्टिले हेरिने गरिएको थियो। आफ्ना मन्तव्यहरुमा उनले आफूमाथिको शंकाको प्रतिवाद गर्ने गरेका थिए। तर, पछिल्लो प्रकरण भने उनका निम्ति बढी नै चुनौतीपूर्ण देखिन्छ। यद्यपि, यसको विस्तृत आयाम भने सार्वजनिक भइसकेको छैन। सत्यको विविध दायरा खुल्नै बाँकी छ।

तर, प्रधानमन्त्री ओलीको परीक्षा भने सुरु भएको छ।प्रधानमन्त्रीले यो विषयमाथि कसरी कदम चाल्छन् भन्ने अहिले प्रतीक्षाको विषय बनेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

देशमा भ्रष्टाचार बढेको भन्नेमा धेरैको धारणा सुनिन्छ। अझ आलोचकहरु त 'देशमा सबैभन्दा पारदर्शी विषय नै भ्रष्टाचार रहेको छ' भन्छन्। तर, प्रधानमन्त्री ओलीले भने यो विषयलाई सधैं प्रतिवाद गर्दै आएका छन्। उनले भ्रष्टाचार बढेको नभई भ्रष्टाचारीहरुलाई कारबाही गरिएको तर्क पेश गर्ने गरेका छन्। तर, पछिल्लो प्रकरणले उनलाई चुनौती दिएको छ। प्रधानमन्त्री स्वयंले भ्रष्टाचार गरेनन् होला, तर उनी वरपरका धेरैका निम्ति अहिलेको सुनौलो समय आएको आरोपमा धेरथोर सत्यता रहेको पछिल्लो प्रकरणले देखाउँछ। बाँस्कोटा प्रकरणले आगोमा घ्यु थपेको छ।

यसअघि अख्तियारका आयुक्त राजनारायण पाठक जोडिएको भिडियो पनि प्रधानमन्त्रीले मिडियामा सार्वजनिक हुनुअघि नै हेरेका खबर सार्वजनिक भएका थिए। बाँस्कोटाको अडियो भने उनले पहिल्यै हेरिसकेको समाचारहरुमा आइरहेका छन्। यस्तो हो भने उनीमाथि पनि प्रश्न उठ्छ। उनी बाहिर भ्रष्टाचारीको मुखै हेर्दिनँ भन्ने तर भित्रभित्र चुप लाग्ने गरेको बुझिन्छ। त्यसले उनी भ्रष्टाचारी संरक्षणकर्ता भएको पुष्टि हुन्छ। पछिल्लो प्रकरण उनलाई आफूमाथिको आरोप चिर्ने अवसर पनि हो। त्यसका उनको कठोर कदम अपेक्षित छ।

बाँस्कोटा प्रकरणको तथ्य विस्तारै सार्वजनिक होला। उनले पनि आफ्नो बचाउ त गर्लान् नै। बिहीबार बिहान कञ्चनपुरमा आयोजित कार्यक्रममा उनले आरोपहरु लाग्नु स्वभाविक भए पनि त्यो प्रमाणित हुनुपर्ने बताएका छन्। यस सन्दर्भमा उनको थप धारणा आउने नै छ।

यस प्रकरणमा कोही दोषी ठहर होला वा नहोला, तर जुन अडियो सार्वजनिक भएको छ, त्यसमाथि निष्पक्ष छानबिन हुनुपर्छ। त्यसका लागि मन्त्री बाँस्कोटाले पदबाट बाहिरिएर सहयोग गर्नु उचित हुन्छ। पदीय शक्तिको आडमा आफ्नो बचाउ गर्नु नैतिकपूर्ण काम हुँदैन। यसअघि विवादित भएपछि पदबाट राजीनामा दिएका यसै मन्त्रिपरिषद्का सदस्य शेरबहादुर तामाङबाट उनले सिक्नु जरुरी छ।

बाँस्कोटाले पद त्याग्न आनाकानी गर्छन् भने प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्छ। र, उनीमाथिअनुसन्धानका लागि थप सहयोग गर्नुपर्छ। विगतमा दृढताका साथ राखेका आफ्नै प्रतिबद्धताको मर्यादा राख्न समेत उनको त्यस्तो कदम आवश्यक छ। उनले बुझ्नुपर्छ-आरोपितलाई पदमै राखेर सुशासनको विश्वास दिलाउन सकिँदैन। आफ्नै सहयात्रीमाथि कडा कदम चाल्न सकेमात्रै प्रधानमन्त्रीको सार्वजनिक प्रतिबद्धतामाथि आम विश्वास जाग्नेछ। होइन भने, प्रधानमन्त्री ओली समृद्धिको पर्दा लगाएर कुशासनको नाइके बनिरहेका छन् भन्ने पुष्टि हुन्छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्