काठमाडौं– नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्रीले ‘एक्सन’ लिनुपर्ने बताएको छ।
प्रिन्टिङ प्रेस खरिदको प्रक्रियामा कमिसनको ‘डिल’ बाहिरिएपछि कांग्रेसले पत्रकार सम्मेलन गरी मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अघि बढाउन कांग्रेसले माग गरेको हो।
प्रधानमन्त्रीय प्रणालीमा सबै विषयको सम्पादनको क्षेत्राधिकार प्रधानमन्त्रीकै रहेकाले प्रधानमन्त्री नै जवाफदेही हुनुपर्ने पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। मन्त्रीप्रति व्यक्तिगत रूपमा कांग्रेसको पूर्वाग्रही नभएको जनाउँदै प्रवक्ता शर्माले भने, ‘भ्रष्टचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीले अडियो त सुन्नु भयो होला नि!’
निजामति कर्मचारीलाई अश्लील शब्द प्रयोग गरिएको प्रति उनले आपत्ति जनाए। राजनीतिक आग्रह पूर्वाग्रह नराखी भ्रष्टचारको मुद्दामा छानबिन हुनुपर्ने कांग्रेसको धारणा छ।
मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीको एक्सन चाहान्छौं।’
कमिसन डिलका लागि मात्र छानबिन समिति बनेमा कांग्रेसलाई स्वीकार्य नहुने उनले स्पष्ट पारेको छ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरूले यो विषयलाई चर्को रूपमा उठाउने उनले बताए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।