काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ।
सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका लागि ७० करोड कमिसनको अडियो टेप सार्वजनिक भएपछि संघले मन्त्री बर्खास्त गर्न माग गरेको हो।
संघका अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी कारबाही गर्न माग गरेका हुन्।
'भ्रष्ट्राचारीको मुख हेर्दिनँ' भन्ने प्रधानमन्त्रीले आफ्नो बोलीलाई व्यवहारमा लागू गर्ने समय आएको संघको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।