काठमाडौं–साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सिलसिलामा बिचौलियासँग कमिसनको डिल गरेका बाँस्कोटालाई बर्खास्त गर्न माग गरिएको छ।
आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्ने मन्त्रीलाई बर्खास्त गरि अनुसन्धान गर्न माग गरिएको छ।
भ्रष्टाचारको महामारीलाई रोक्नभन्दा शक्तिशाली सरकारले भ्रष्टचारलाई नै पश्रय दिएको साझा पार्टीको आरोप छ। ‘कडाभन्दा कडा कदम चाल्न सक्ने अवसर हुँदाहुँदै हर दिन आम जनताले ठूलाठूला भ्रष्टाचारको समाचार पढ्न बाध्य हुनु पर्ने नेपालीहरूको नियति बनिसकेको छ।’साझा पार्टीको विज्ञप्तिमा भनिएको छ।
भ्रष्टाचारीहरू समाजका धमिरा भएको उल्लेख गर्दै त्यस्ताको हालिमुहाली रहने वातावरण कायम भएसम्म देशले प्रगति गर्न नसक्ने साझा पार्टीको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।