काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेसले उक्त माग गरेको हो।
कांग्रेसले बिहीबार विज्ञप्ति निकालेर निष्पक्ष अनुसन्धानको प्रक्रियालाई अघि बढाउन बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।