काठमाडौं– बाजुरामा चार दशमलब तीन रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
भूकम्पले भएको क्षतिका बारेमा विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। क्षतिका बारेमा खबर गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएको उनले बताए। भूकम्पपछि स्थानीयको भागदौड भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।